काठमाडौं - प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो।

बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका साथै सर्वदलीय बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा छलफल भइरहेको छ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा सहभागी छन्। त्यस्तै, नेकपा एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी,  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी छन्।

प्रमुख प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागी भएको छैन।