काठमाडौं - फिलिपिन्समा एउटा डुंगामामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन्।

यो दुर्घटना फिलिपिन्सको पालावान प्रान्तअन्तर्गत कोरोन क्षेत्रनजिक समुद्रमा भएको हो। आगलागी एमभी जुन एस्टर नामको डुंगामा लागेको थियो । कोस्ट गार्डका अनुसार दुर्घटनापछि ४२ जनालाई सुरक्षित उद्धार गरिएको छ।

कोस्ट गार्डकी क्याप्टेन नोएमी कायब्याबले स्थानीय रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार ८७ जना अझै बेपत्ता छन्। कोस्ट गार्डका एक प्रवक्ताले डुंगामा कुल १३४ जना सवार रहेको बताए।

उनीहरूमध्ये ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य थिए। उद्धार गरिएका व्यक्ति तथा मृतकसँग सम्बन्धित हालसम्मको विवरणका आधारमा ८७ जनाको खोजी अझै जारी छ।