काठमाडौं - प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहीबार दिउँसो ३ बजे बस्नेगरी प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।
बैठकमा विशेष गरी भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र खोजी तथा उद्धार,राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
‘भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ’, प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो।’

.gif)


