काठमाडौं - भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान भएको छ । 

देवीघाट  क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन लगाएर एक्रो ब्रिज जडान गरेको हो । नेपाली सेनाले ५ दिनदेखि खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।

नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ भने शुक्रबारदेखि सवारीसाधन सञ्चालन गरिने बताइएको छ। 

​यसअघि भोटेकोसीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीय, व्यापारी तथा यात्रुलाई राहत भएको छ।