काठमाडौं - शुक्रबार काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन्।
२ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

.gif)


