काठमाडौं - सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुने जानकारी दिएका छन्।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चारमा रहने टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
छनोट प्लेअफको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। त्यसैले यो प्रतियोगिता सहभागी टोलीका लागि विश्वकपसम्म पुग्ने महत्त्वपूर्ण अवसर हुनेछ।
लिग–२ मा नेपालसहित संयुक्त अरब इमिरेट्स ९यूएई० र क्यानडा अन्तिम चारमा रहने निश्चित भइसकेको छ। बाँकी टोलीको टुंगो भने लिग–२ का खेलहरूको नतिजापछि लाग्नेछ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको छनोट प्रतियोगिता आयोजना हुने भएपछि घरेलु मैदानमा नेपाली क्रिकेट समर्थकले विश्वकपको यात्राका लागि प्रतिस्पर्धा गरिरहेका टोलीहरूको खेल प्रत्यक्ष हेर्न पाउनेछन्।

.gif)



