काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार निजी भ्रमणका लागि भारत जाने भएका छन्। उनी धनगढी हुँदै भारत जान लागेका हुन् ।

उनको निजी सचिवालयका अनुसार लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम छ।

तीनदिने धार्मिक तथा पारिवारिक भ्रमणका क्रममा उनी परिवारसहित दुवै धार्मिक स्थलमा पुग्नेछन्। भ्रमण पूरा गरेर लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।