ऋतिक र टाइगर अभिनित 'वार' ले हालसम्म कति कमायो ?
एजेन्सी - अक्टोबर २ मा रिलिज भएको बलिउड चलचित्र ‘वार’ शनशनिपूर्ण व्यापार गरेको छ । वार सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो ।
चलचित्रको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै मंगलबारमात्रै २७.७५ करोड भारु कमायो । सात दिनमा चलचित्रले कूल २१६.६५ करोड भारु आम्दानी गरेको छ । हिन्दी संस्करणबाट २०८.०५ र तमिल/तेलुगु भर्सनको ८.६ करोड भारु कमाएको हो ।
ऋतिक रोशन र टाइगर श्रौफ अभिनित चलचित्र ‘वार’ ले अक्षय कुमारको ‘मिसन मंगल’ र सलमान खानको ‘भारत’ लाई पछि छाडेको छ । यो चलचित्र यो वर्ष सात दिनभित्र सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी चलचित्र पनि बनेको छ ।
चलचित्रले १ दिनमा नै ५० करोडभन्दा बढी कमाइ गरेको थियो भने ३ दिनमा नै १ सय करोडको आँकडा भेट्टाएको थियो ।
फेसबुक पेज Like गर्नुहोस