काठमाडौं - यस वर्ष नवरात्रमा तिथि वृद्धि भएकाले आजपनि महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।

कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज २ गते पनि दसैँ घर वा पूजाकोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताएका छन्।