एजेन्सी- बलिउडका अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना अभियुक्तलाई पक्राउ गरिएको छ। 

उनीहरूलाई आज बिहान १०ः१७ बजे कोटाको पुणे–जयपुर एक्सप्रेस ट्रेनबाट पक्राउ गरिएको थियो। पक्राउ परेका संदिग्धहरूमा एक नाबालिग पनि समावेश छन्। प्रहरीले अब संदिग्धहरूलाई सोधपुछ गरेको छ। 

मुम्बई क्राइम सेलले  गोली प्रहारको  घटनाका अन्य पक्षहरूको अनुसन्धान गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन् । 

यसअघि श्राफको  कारमा गोली प्रहार गर्ने आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले बरामद गरेको थियो। 

आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर सवार कारमाथि गोली प्रहार भएको थियो। 


महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देका अनुसार टाइगरको बीएमडब्लू कारमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो। लरेन्स बिश्नोई समूहका एक व्यक्तिले गोली प्रहारको जिम्मा लिएका छन्।














।