काठमाडाैँ- मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम एबीपी लाईभका अनुसार मोटरसाइकलमा सवार भएर आएका तीन जना अज्ञात व्यक्तिहरूले उनीमाथि गोली चलाएका हुन् ।

उक्त गोलीबारीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ भने आक्रमणमा संलग्न फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।












।