काठमाडौं - चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक प्रतिक्षित चलचित्र ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक भएको छ ।
१ मिनेट ४५ सेकेन्डको टिजरमा प्रेम, बिछोड र एक्सन देख्न सकिन्छ भने सार्वजनिक टिजरमा नायक प्रदीप खड्का,नायक शिव श्रेष्ठ, सुनील थापा, माओत्से गुरुङ, नव–नायक मनिष खड्का लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रका गीत संगीतलाई दर्शकले निकै मन पराएका छन् भने अहिले धेरै दर्शकको मनमा फिल्म कस्तो हुन्छ होला भनेर कौतुहलता जागेको छ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी रहेको छ ।

छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन्।