काठमाडौं - ऋतिक रोशन र टाइगर श्राफ स्टारर ‘वार’को ट्रेलरलाई एक साताभित्रै  पाँच करोड ४० लाखभन्दा धेरैले हेरिसकेका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्मित एक्सन थ्रिलर फिल्ममा ऋतिक र टाइगर एक–अर्काविरुद्ध भिडेको देखिन्छ । 

ट्रेलरमा देखाइएअनुसार कबिर ९ऋतिक० एक स्पेसल एजेन्ट हुन्, जो देशकै विरुद्ध सक्रिय हुन्छन् । यसपछि उनलाई फिर्ता ल्याउने वा मार्ने जिम्मेवारी एजेन्ट खालिद ९टाइगर०लाई दिइन्छ, उनी कुनै समय कबिरकै शिष्य हुन्छन् । यो फिल्म अक्टुबर २ मा रिलिज हुँदै छ । 

फिल्ममा आशुतोष राणा र वाणी कपुर पनि महत्वपूर्ण भूमिकामा छन् । अघिल्लो वर्ष स्वर्गीय पिता यश चोपडाको जन्मजयन्तीमा आदित्य चोपडाले यस फिल्मको घोषणा गरका थिए । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् ।

बलिउडका दुई एक्सन नायक ऋतिक र टाइगर पहिलोपटक एकसाथ देखिन लागेका हुन् । ऋतिक ११ वर्षपछि यशराज प्रडक्सनसँग जोडिएका हुन् । यसअघि यशराज ब्यानरको ‘धूम २’ मा उनले अभिनय गरेका थिए ।