काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (गृह मन्त्रालय) ले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क (भदौ १५ गते बिहान ९:०० बजेसम्म) सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म ९०३ जनाको मानवीय क्षति पुष्टि भएको छ भने ४,२४७ जना अझै सम्पर्कविहीन रहेका छन्।
शव फेला परेका १०३ जनामध्ये नवलपरासी पूर्वमा २०७, चितवनमा २७२, नवलपरासी पश्चिममा १५१, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७, रसुवामा २४ र नुवाकोटमा ९५ वटा अङ्ग/शव फेला परेको विवरण उल्लेख छ।
सम्पर्कविहीन रहेका करिब ४,२४७ जनामध्ये रसुवाबाट ८६५ जना र नुवाकोटबाट १५५८ जना रहेका छन्।
त्यसैगरी विदेशी नागरिक ५९२ जना, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, नेपाल प्रहरीका २५ जना, नेपाल सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना र भन्सार कार्यालयका १५ जना लगायत सम्पर्कविहीन छन्।
हालसम्म १०,४५१ जनाको उद्धार गरिएको छ। जसमध्ये नेपाली सेनाको हवाई उद्धारमार्फत २५२ जना विदेशी र ३,३४४ जना नेपालीको उद्धार गरिएको छ।

.gif)



