दीपिका र सलमान खानले स्क्रिन सेयर कहिले गर्छन् ?
काठमाडौं - बलिउड डीवा दीपिका पादुकोणका फ्यानहरुले सिल्भर स्क्रिनमा सलमान खानसँग स्क्रिन सेयर गरेको हेर्न चाहन्छन् । दीपिकाले शाहरुख खानसँग कयौं फिल्ममा काम गरिसकेकी छन् । तर दीपिका–सलमानको कास्टिङलाई लिएर कयौं पटक समाचारहरु आए, तर उनीहरुको जोडी समाचारमै सीमित बन्यो ।
यसैबीच अभिनेत्री दीपिकालाई एक अन्तर्वार्तामा सलमान खानसँग फिल्म गर्ने÷नगर्ने विषयमा प्रश्न गरिएको थियो । दीपिकाले जवाफ दिदै भनिन्, ‘सलमान खान र मैले सँगै फिल्म गरेको हेर्न सबै फ्यानहरु उत्सुक छन् । मलाई पनि सलमान खानसँग फिल्म गर्न मन छ । मलाई लाग्छ कि यो प्रोजेक्ट हाम्रो हातमा आउनु आवश्यक छ । अहिलेसम्म हामीलाई यस्तो अफर आएको छैन ।’
दीपिका पनि सलमान खानको फिल्म हम दिल दे चुके सनमको ठूलो फ्यान हुन् । उनले सलमान खानलाई यस्तै भूमिकामा देख्न रुचाउछन् ।
पछिल्लो समय दीपिका पादुकोण फिल्म छपाकको प्रोमोशनमा व्यस्त छन् । सो फिल्म १० जनवरीबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्ममा उनले एसिड अट्याक सर्भाइभरको भूमिका निभाएकी छन् ।
फेसबुक पेज Like गर्नुहोस