काठमाडौंको सोह्रखुट्टे र नुवाकोटको ककनीमा पनि भेटिए कोेरोना संक्रमित
काठमाडौं - काठमाडौंको सोह्रखुट्टे र नुवाकोटको ककनीमा दुईजना कोरोना संक्रमित भेटिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अन्य विभिन्न जिल्लामासहित यी ठाउँमा पनि संक्रमित भेटिएका हुन्। देवकोटाका अनुसार आइतवार एकै दिन १९ जना संक्रमित थपिएका हुन्।
जसमा काठमाडौंको सोह्रखुट्टेमा एकजना पुरुष संक्रमित भेटिएका हुन्। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ।
नुवाकोटको ककनी गाउँपालिका-३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो।
फेसबुक पेज Like गर्नुहोस