मकवानपुर - बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिएको छ।
एमालेका मन्त्रीहरूले मंगलबार राति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा पेस गरेका छन्।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र पार्टी केन्द्रको निर्देशानुसार मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।
हाल बागमती सरकारमा एमालेका छ जना मन्त्री छन्। जसमा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा रहेका छन्।

.gif)



