महिला हुँ तर महिला भएकै आधारमा निर्णय लिन्न : दीपिका
खबर एक्सप्रेस
२०७६-११-२६ १२:३४ मा प्रकाशित
Total Shares: 432
काठमाडौं - बलिउड अभिनेत्री दीपिका पादुकोण आफूलाई मातापिताले महिला भएकै कारण कहिल्यै कुनै निर्णय लिन रोक नलगाएको बताउँछिन्। उनी भन्छिन्, ‘म महिला हुँ तर महिला भएकै आधारमा निर्णय लिन्न।’
करिअरलाई सबैभन्दा माथि राख्न तर मतलबी नहुनु भनेर आफूलाई परिवारमा सिकाइएको दीपिकाको भनाइ छ। भन्छिन्, ‘यो सबैभन्दा बढी आवश्यकता हो। आफ्नो खुट्टा सदैब जमिनमा राख्नुपर्छ।’
भारतीय पत्रिका दैनिक भास्करसँग उनले भनेकी छन् ‘म अनि मेरी बहिनीले आशा र अभिलाषाको आकाशलाई कहिल्यै सानो बनाउनु परेन।’
जीवनमा कयौँ पटक ‘बोल्ड डिसीजन’ गर्नुपर्ने आवश्यकता रहने गरेको उल्लेख गर्दै उनले त्यसका लागि हरेक महिला तयार हुनुपर्ने बताएकी छन्।
फेसबुक पेज Like गर्नुहोस