टिकट बुकिङ र ओपनिङमा दक्षिण भारतीय फिल्म ‘केजीएफ २’को रेकर्ड
काठमाडौं - दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ ।
दक्षिण भारतीय अभिनेता यश अभिनित फिल्मले अहिलेसम्मकै भव्य ओपनिङ गरेको हो । फिल्मले अग्रिम टिकट बुकिङमा समेत रेकर्ड बनाएको छ ।
फिल्मले यसअघिका सफल भएका फिल्महरूलाई पनि पछि परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको हिन्दी भर्जन मात्र ४ हजार ४ सय स्क्रिनमा रिलिज गरिएको छ । महामारीपछि यति ठूलो संख्यामा एकसाथ रिलिज हुने यो पहिलो भारतीय फिल्म हो ।
फिल्मको हिन्दी भर्जनले ५४ करोड, कन्नड भर्जनले ३५ करोड र अन्य भाषाका गरी पहिलो दिनमा कुल १ सय ५० भारतीय रूपैयाँ कमाएको भारतीय ट्रेड एनालिस्टहरूले बताएका छन् ।
बक्स अफिसमा दक्षिण भारतीय फिल्महरूले बाहुबलीको समयदेखि एकछत्र राज गरिरहेका छन् । फिल्मलाई तमिल, तेतुगु, कन्नड, मलयालम र हिन्दी भाषामा प्रर्दशन गरिएको छ ।
प्रशान्त नीलको निर्देशन बनेको ‘केजीएफ च्याप्टर २’मा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका छ ।
फिल्मको पहिलो भाग सन् २०१८ मा रिलिज भएको थियो । केजीएफ त्यो समयको दक्षिण भारतीय कन्नड उद्योगको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो ।
फेसबुक पेज Like गर्नुहोस