आज कुन-कुन नदीमा आउनसक्छ बाढी ?
खबर एक्सप्रेस
२०७८-०३-११ ०८:३८ मा प्रकाशित
Total Shares: 437
काठमाडौं - मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ।
शुक्रबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको छ ।
साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढी महाशाखाले जारी गरेको सूचना:-
फेसबुक पेज Like गर्नुहोस