काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री राहत कोषमा एक करोड भन्दा बढी रकम योगदान गरेका छन् ।
उनले यो रकम आफ्नो परिवार तथा व्यवसायका तर्फबाट राहत कोषमा जम्मा गरेका हुन् ।
आचार्य र उनको परिवारका सदस्यले आज १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
विपद्को सामना गर्न सबैलाई धैर्य र साहस मिलोस् भन्ने उनले कामना गरेका छन् ।
आचार्यले फेसबुकमा लेखेका छन्, ‘यो दुःख चाँडै टरेर जाओस् । विपद्को सामना गर्न हामी सबैलाई धैर्य र साहस मिलोस् । विपद्को यो घडीमा एक राजनीतिज्ञका रूपमा पूरा गर्नुपर्ने इमान्दार कोसिस त सदैव रहि नै रहनेछ ।’

.gif)


