काठमाडौं - गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन सर्वोच्चले आगामी मंसिर १४ गतेका लागि छलफलको मिति तोकेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश डा। रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार भएको सुनुवाइपछि रिट निवेदक र सरकार दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । अब मंसिर १४ गते हुने छलफलपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे टुंगो लाग्नेछ ।
आनी छोइङ डोल्माको योग्यता नपुगेको जिकिर गर्दै सफलता बोगटीसहितले उनको नियुक्ति बदर गर्न र नियुक्ति कार्यान्वयनमा रोक लगाउन मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद्ले २०८३ असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

.gif)



