काठमाडौं-इजिप्टको राजधानी कायरोस्थित एक व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्। बुधबार साँझ पुरानो सहरको उत्तरी भागमा पर्ने वाराक क्षेत्रको रिङरोड खण्डमा उक्त दुर्घटना भएको हो।
घटनालगत्तै जलेका तथा धुवाँले निस्सासिएका घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको थियो। आगलागी कसरी शुरू भयो भन्नेबारे अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक नगरे पनि ट्याङ्कर पल्टिएर नजिकैका सवारी साधनहरूमा पेट्रोल पोखिएपछि आगो सल्किएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

.gif)


