एकता कपुरलाई ‘पद्मश्री अवार्ड’
खबर एक्सप्रेस
२०७६-१०-१८ ११:०० मा प्रकाशित
Total Shares: 1261
एजेन्सी - निर्माता एवं टलिभिजन क्वीन एकता कपुरलाई पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ । उनलाई कला क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त अवार्डले सम्मान गरिएको हो ।
एकता कपुर भारतीय दर्शकहरुका लागि आफ्नो सिरियलले परिचित छन् । बलिउड फिल्मका अलावा हिन्दी सिरियलहरुले थुप्रै दर्शकको डेली रुटिनको हिस्सा बनेका छन् ।
उनले ‘क्युंकि सास भी कभी बहु थी’, ‘कहानी घर घर की’देखि लिएर ‘ये हे मोहब्बतेँ’ र ‘ये रिश्ता क्या कहलाता है’ जस्ता चर्चित सिरियलहरु निर्माण गरेकी छन् । पद्मश्री अवार्ड भारतको देशकै चौंथो ठूलो अवार्ड हो ।
फेसबुक पेज Like गर्नुहोस