सलमानलाई मार्न सुपारी लिएका गुण्डा पक्राउ
खबर एक्सप्रेस
२०७६-११-११ ११:०० मा प्रकाशित
Total Shares: 897
काठमाडौं - बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।
लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए । सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।
तर, उनी अहिले तिहाड जेलमा छन् । उक्त घटनामा संलग्न भूरा मुम्बई, पञ्जाबसहित कैयौँ राज्यको प्रहरीले उनलाई खोजिरहेको थियो ।
फेसबुक पेज Like गर्नुहोस