काठमाडौं - ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लर फिल्म अभिनयमा डेब्यु गर्ने लगभग पक्कापक्की भएको छ । यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट उनले डेब्यु गर्न लागेकी हुन् । 

सुपरस्टार अक्षयकुमार उनको जोडीको रुपमा देखिने फिल्मका निर्देशक चन्द्रप्रकाश द्विवेदी हुन् । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित रहेर निर्माण हुन लागेको हो ।

‘अक्षयकुमार जस्तो स्टारसँग बलिउड अभिनय डेब्यु गर्न पाउनु आफ्ना लागि सम्मान होे’ मानुषीले अभिनयको विषयमा खुसी हँुदै भनिन्, ‘आफ्नो भूमिका प्रति न्याय गर्ने कोशिस गर्नेछु ।’

अभिनेता अक्षयकुमारले पनि फिल्म मुर्हूतको तस्बिर सोसल मिडियाबाट शेयर गरेका छन् । उनले फ्यानबाट सपोटको इच्छा समेत जाहेर गरेका छन् । मानुषीले पनि मुहूर्त पूजाको तस्विर शेयर गरेकी छन् ।