काठमाडौं - शुक्रबारदेखि विश्वभर प्रर्दशनमा आएको ‘बाघी ३’ ले आक्रामक व्यापार गरेको छ ।

टाइगर श्राफ र श्रद्धा कपुर स्टारर फिल्मले एकैदिनमा १८ करोडभन्दा माथिको व्यापार गरेको छ । विश्वभर ५५ सय हलमा लागेको फिल्मले भारतमा मात्र ४४ सय हलमा स्थान पाएको थियो भने अन्य देशहरुमा ११ सय हल पाएको थियो ।

भारतीय बक्स अफिसका अनुसार कोरोनाको त्रासमा फिल्मले यति कमाई गर्नु आक्रमक भएको जनाएको छ । समीक्षात्मक रुपमा पनि चलचित्रले राम्रो समिक्षा पाइरहेको छ ।

चलचित्रले आम-दर्शकलाई निकै मनोरञ्जन दिने समिक्षकहरु बताउँछन् । चलचित्रमा विशेषगरी टाइगरको एक्सनलाई दर्शकले रुचाउनेछन् । विषयबस्तु र त्यसको प्रस्तुती पनि राम्रो भएको समिक्षकको भनाई छ । एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् ।