एकीकृत समाजवादीद्धारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं-नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
दुई महिनासम्म चल्ने आन्दोलनका कार्यक्रम २५ वैशाखमा सकिनेछ ।
सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत २–६ चैतसम्म मातहतका कमिटीहरूमा छलफल, ७–१५ चैतसम्म केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन, २० चैतमा सरकारलाई ज्ञापनपत्र बुझाउने र चैतमसान्तभित्र प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद हुनेछ।
५ वैशाखमा प्रदेश र जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझाउने, १५ वैशाखसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद गर्ने, १९–२२ वैशाख पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र २५ वैशाखमा दोस्रो चरणको आन्दोलन घोषणा गरिने महासचिव घनश्याम भूसालले बताए ।
फेसबुक पेज Like गर्नुहोस