बलिउड अभिनेता सलमान खान नेपाल नआउने
खबर एक्सप्रेस
२०७९-०२-१० ०५:५८ मा प्रकाशित
Total Shares: 430
काठमाडौं - बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।
आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस