फिल्म ‘दि कर्मा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
खबर एक्सप्रेस
२०७६-०९-१७ ११:०० मा प्रकाशित
Total Shares: 1199
काठमाडौं - ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ। माघ १७ गते रिलिज हुने सिनेमाको सार्वजनिक ट्रेलरले सिनेमा एक्सनमय भएको देखाएको छ।
बदलाको कथामा आधारित सिनेमामा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांगलाई देख्न सकिन्छ। देव कुमार श्रेष्ठ निर्देशित सिनेमा जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो।
‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो। रामेश्वर कार्कीले छायांकन रहेको सिनेमामा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ।
फेसबुक पेज Like गर्नुहोस