काठमाडौं - नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्दैछ । मलेसियाको बायोमास ओभलमा ओमानका कप्तान विनायक शुक्लाले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् । 

नेपालले समूह ‘ए’को विजेता तथा ओमानले समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलको यात्रा तय गरेका थिए ।

समूह चरणमा नेपालले तीन जित र एक हारको नतिजा निकालेको थियो । बहराइन, मलेसिया र साउदी अरेबियालाई हराएको नेपाल हङकङसँग भने पराजित भएको थियो ।

ओमानले समूह चरणमा दुई जित र दुई हारको नतिजा निकालेको थियो । कतार र कुवेतसँग समान अंक रहे पनि नेट रनरेटमा अगाडि रहँदा ओमानले सेमिफाइनलमा स्थान बनाएको हो ।

सिंगापुर र कतारलाई हराएको ओमानले कुवेत र यूएईसँगको खेल गुमाएको थियो ।