काठमाडौं,एजेन्सी - हलिउड चलचित्र ‘द ब्याटमेन’ को मार्च ४ मा प्रदर्शनमा आउने भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन निर्माण पक्षले यसको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

अभिनेता रोबर्ट पैटिनसनको मुख्य भूमिका रहेको ‘द ब्याटमेन’ डिसी कमिक्समा आधारित छ । चलचित्रमा पैटिनसनसँगै सोइ क्राभिट्ज, पौल डेनो, जेफरी राइट, जोन टुरटुर्रो लगायतका कलाकारको अभिनय छ । चलचित्रमा पैटिसन ब्रुस वैनको भूमिकामा देखिनेछन् ।

‘ब्याटमेन’ चलचित्र शृंखलाअन्तर्गत रहेर निर्माण गरिएको यो चलचित्रको निर्देशन मैट रिब्सले गरेका छन् । यो चलचित्र अंग्रेजी, हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।