रहेनन् शोले फिल्मको ‘कालिया’
खबर एक्सप्रेस
२०७६-०६-१३ ११:०० मा प्रकाशित
Total Shares: 2594
एजेन्सी - बलिउडको सुप्रसिद्ध चलचित्र ‘शोले’ मा कालियाको भूमिका निर्वाह गरेका कलाकार बिजु खोटेको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका बिजुको आज ( सोमबार) बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।
बिजु खोटेकी भान्जी अभिनेत्री भावना बलसावरले बिहान ६ बजेर ५५ मिनेट जाँदा आफ्ना मामाको निधन भएको पुष्टि गरेकी छन् ।
उनले उपचारका लागि अस्पतालमा भर्ना गरिएको बिजुलाई केही दिनअघि मात्रै घर ल्याइएको पनि उनले बताइन् । बिजुले हिन्दीसँगै कैयौं मराठी फिल्महरुमा उत्कृष्ट अभिनय गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस