सलमानद्वारा 'नो इन्ट्री'–२’ को सुटिङ गर्न इन्कार , कारण यस्तो
काठमाडौं - अहिलेको समय अभिनेता सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग–३’को सुटिङमा ब्यस्त छन् । यो फिल्मको मोशन पोस्टर समेत सार्वजनिक भइसकेका छन् ।
दर्शकहरु ट्रेलर रिलिजको पाखाईमा छन् । चर्चा अनुसार सलमानले यस ‘दबंग–३’को सुटिङ सकेपछि अर्को फिल्म ‘नो इन्ट्री’को सुटिङ गर्ने बताइएको थियो । तर, अहिले आएर अभिनेता खानले यो फिल्मको सुटिङ गर्न इन्कार गरिदिएका छन् ।
रिपोर्टका अनुसार यो फिल्ममा सलमान खानसँगै अनिल कपुर पनि मुख्य भूमिकामा देखिदै छन्, तर यी दुई कलाकारहरुसँग सुटिङको लागि एउटै समय छैन । यस्तो अवस्थामा सलमानले अनिल कपुर विना सुट गर्न चाहदैनन् । अब यी दुवै कलाकारहरुको एक साथ समय जुरेपछि मात्र फिल्म फ्लोरमा जानसक्नेछ ।
सलमान खानले अर्को वर्षको इदमा रिलिज हुने फिल्म ‘किक–२’को काम सुरु गरिसकेका छन् । सलमानको ‘नो इन्ट्री’ फिल्म २००५ मा रिलिज भएको थियो । यो एक कमेडी फिल्म थियो, जसले बक्स अफिसमा जबरदस्त कमाई गरेको थियो । उक्त फिल्ममा सलमान खान, अनिल कपुर, फरदीन खान, बिपासा बासु, लारा दत्त, इशा देओल, बोमन इरानी र सेलिना जेटली मुख्य भूमिकामा थिए । फिल्मलाई अनिस बाज्मीले निर्देशन गरेका थिए ।
सलमान खानको फिल्म ‘दशंग–३’ २० डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यसै फिल्मबाट कलाकार महेश मांजरेकरको छोरी अश्विमीले पनि बलिउड उद्योगमा डेब्यु गर्दैछन् । यो फिल्मलाई तेलेगु, कन्नड, तमिल र हिन्दी भाषामा रिलिज गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस