काठमाडौं - भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ । 

 उनले हिन्दीका साथै थुप्रै नेपाली गीतहरू पनि गाएकी छन् । उहाँको ३६ भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ । लताको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो । उनको विभिन्न भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ ।

लता भारतको सबैभन्दा प्रतिष्ठित भारत रत्नबाट सन् २००१ मा बिभुषित भएकी थिइन् । साथै उनलाई फ्रान्सले सन् २००९ मा सर्वाधिक ठुलो फ्रेन्च बिभुषणबाट सम्मान गरेको थियो । 

लताले ५ बर्ष उमेरदेखि सुरु गरेको गायन क्षेत्र ७ दशक सम्म निरन्तरता दिएकी थिइन् । लता मंगेशकरको निधनले भारतीय संगीत जगतमा अपुरर्णीय क्षति पुगेको छ ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक नेता, बलिउड सेलिब्रेटीहरू अस्पताल पुगेका छन् ।