काठमाडौं - गायक दुर्गेश थापा पक्राउ परेका छन् । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अपराध महाशाखाको टोलीले थापालाई पक्राउ गरेको महानगरिय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले बताए ।
दुर्गेशले गाएको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको तिहार गीतलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

.gif)



