काठमाडौं - बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।सोमबारदेखि उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो ।

संसद सचिवालयका एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेपछि उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो । हिरासतमा रहँदा पनि महरालाई चिकित्सकहरुले स्वास्थ्यजाँच गरिरहेका थिए ।