युट्युबमा अश्लिल सामग्री राखेको भन्दै युट्युबर प्रवेश लामा
खबर एक्सप्रेस
२०७९-०३-२२ ०८:०७ मा प्रकाशित
Total Shares: 247
काठमाडौं - युट्युब च्यानलमा अश्लील शीर्षक सहितका अश्लीलता झल्किने भिडिओ सामग्री राखेको भन्दै साइबर ब्युरोले एकजना युट्यबुरलाई पक्राउ गरेको छ । ब्युरोले सोमबार फोर रियल टिभी (4 Real TV) नामक युट्यबु च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।
नुवाकोट घर भई हाल काठमाडौंको बौद्ध तीनचुलेमा बस्दै आएका लामाले आफ्नो च्यानल मार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओ बनाएर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा पक्राउ गरी ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।
जिल्ला अदालतको आदेशमा थप पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस