काठमाडौं - आउँदो फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । 

फिल्मको केही दिनअघि ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । जुन गीत अहिले चर्चामा छ । निर्माण युनिटले ट्रेलर पनि हिट हुने अनुमान गरेको छ । 

प्रेस दिवस अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।