काठमाडौं मलाइका अरोडा बलिउडकी फिट अभिनेत्रीका रुपमा चिनिन्छन्। उमेरले ४० पुग्दा पनि उनको फिटनेस र सुन्दरता लोभ्याउने खालको छ।

मलाइका प्रायः बोल्ड आउटफिटमा देखिन्छिन्। पछिल्लो पटक उनीका  आउटफिट यति बोल्ड थियो कि, मलाईकाका तस्वीर सामाजिक सञ्जालमा भाइरल बने।

मिस डीवा २०२० को ग्रान्ड फिनालेमा पुगेकी मलाइकाले पहँलो रंगको गाउन लगाएकी थिइन्। जसको स्टाइल वन शोल्डर थियो र काँधतर्फ ठूलो फूलको आकार बनाइएको थियो।


यस गाउनको थाई हाई स्लिट थियो। र, अर्कोतर्फको काँधको डिजाइन बोल्ड थियो। मलाइकाको यस वन शोल्डर गाउनको काँधको एकतर्फ बोल्ड कट थियो। मलाइकाले गाउनको भित्र ट्रान्सपेरेन्टस इनरवियर लगाएकी थिइन्।