एजेन्सी - कोरोना भाइरसको असर फिल्मका साथसाथै कन्सर्टहरुमा पनि देखिएको छ ।

विश्वप्रसिद्ध गायक जस्टिन बीबरको सांगीतिक भ्रमणलाई कम टिकट बिक्रिको कारणले सानो ठाउँमा सारिएको छ ।

जस्टिन मे महिनाका लागि अमेरिका भ्रमणमा रहेका छन् । कोरोना भाइरसको कारण विश्वमा थुप्रै मानिसले ज्यान गुमाउनुपरेको छ भने थुप्रै मानिसहरु यसबाट संक्रमित छन् ।

मिडिया रिपोर्ट अनुसार बीबरको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।