टाइगरको ‘बागी ३’ रिलिज
खबर एक्सप्रेस
२०७६-११-२३ ११:१२ मा प्रकाशित
Total Shares: 618
एजेन्सी - प्रतिक्षित बलिउड फिल्म ‘बागी ३’ आजबाट विश्वव्यापी रुपमा रिलिज भएको छ ।
टाइगर श्रफको एक्शनले भरिपूर्ण यो फिल्मलाई एहमद खानले निर्देशन गरेका छन् भने फिल्ममा साजिद नाडियाडवाला र फक्स स्टार स्टुडियोको लगानि रहेको छ ।
भारतमा मात्र ४४ सय पर्दामा फिल्म लागेको छ । यता विश्वका ११ सय हलमा पनि बागी ३ प्रदर्शन भइरहेको छ । जसअनुसार पुरा विश्वमा ५५ सय पर्दामा फिल्म रिलिज गरिएको छ । टाइगर श्रफको करिअरमा सबैभन्दा ठुलो रिलिज फिल्म बागी ३ बनेको छ ।
फिल्मलाई फरहाद सामजीले लेखेका हुन् । फिल्ममा टाइगरका अलावा श्रद्धा कपुर, रितेश देशमुखको पनि मुख्य भूमिका रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस