'हिरोपन्ती'को सिरिजमा टाइगर
खबर एक्सप्रेस
२०७६-११-१८ ११:०० मा प्रकाशित
Total Shares: 1109
काठमाडौं - चर्चित बलिउड अभिनेता टाइगर श्राफले अभिनय गरेको चलचित्र ‘बाघी ३’ रिलिजको अन्तिम तयारीमा रहेको छ । यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ ।
यो चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।
हालै उनले अर्को नयाँ चलचित्रको घोषणा पनि गरेका छन् । टाइगरले चलचित्र ‘हिरोपन्ती’को सिरिजमा काम गर्ने गर्न लागेका हुन् ।
यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । चलचित्रमा अहमद खानको निर्देशन रहनेछ । चलचित्रको प्रदर्शन मिति सन् २०२१ जुलाई १६ लाई तोकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस