काठमाडौं - इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। निरन्तर वर्षापछि आएको बाढीले मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो।

अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण बगाएको प्रहरीले जनाएको छ । 

शनिबार बिहानदेखि हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेको छ ।

असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौँ बेपत्ता भएका छन्।