काठमाडौं - बलिउड अभिनेता अजय देवगन फूटबल प्रशिक्षकको भूमिकामा देखिने भएका छन् 

उनी फिल्म 'मैदान' मा भारतीय फूटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको भूमिकामा देखिने भएका हुन् । फिल्मको पहिलो पोस्टरमा उनी प्रशिक्षक सैय्यदको लुकमा देखिएका छन् । उनी छोटो कपाल र जुँगामा देखिएका छन् ।

पोस्टरमा अजयसँगै फूटबल टीमका सदस्यहरू देखिएका छन् । पोस्टर शेयर गर्दै अजयले लेखेका छन्, 'यो कहानी भारतीय फूटबलका स्वर्ण फेज र त्यसको सफल कोचको हो ।' भारतीय सञ्चारमाध्यमका अनुसार 'मैदान'मा विभिन्न देशका खेलाडीहरू हुनेछन् ।