काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । 

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आज संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३५३ र एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । 

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।