एजेन्सी - अजय देवगन अभिनित सयौं सिनेमा तानाजी–द अनसङ वारियरुले वक्सअफिसमा सय करोड भारु कमाइ गरेको छ।
सिनेमाले रिलिजको छैठौं दिनमा सय करोड भारूको आँकडा पार गरेको हो। सिनेमामा अजयका अलावा काजोल तथा सैफअलि खानको प्रमुख भूमिका रहेको छ।
रिलिजको साता दिन पुग्नु अगावै सय करोड पार गर्ने तानाजी यस वर्षको पहिलो सिनेमा हो। सिनेमामा अजयले तानाजी मलुसरेको भूमिकामा काम गरेका छन्।
सिनेमालाई ओम राउतले निर्देशन गरेका हुन्। सिनेमा १५० करोड भारुको लागतमा तयार भएको हो।

.gif)


