५४ वर्षका भए सलमान खान
काठमाडौं - बलिउड सुपरस्टार सलमान खान ५४ वर्षका भएका छन् । झन्डै ३० वर्षदेखि हिन्दी फिल्ममा छाइरहेका सलमानको नयाँ फिल्म ‘दबंग ३’ बिहीबारमात्रै सय करोड क्लबमा प्रवेश गरेको थियो ।
डेढ दशकसम्म बलिउडलाई हाँक्ने तीन खान सुपरस्टारमध्ये सलमान एक हुन्। आमिर र शाहरुख खानसँग मिलेर नब्बेको दशकमा सलमानले रोमान्टिक फिल्मको धार समातेका थिए।
तर, नयाँ दशकमा भने ‘वान्टेड’ र ‘दबंग’जस्ता फिल्मले सलमानलाई एक्सन स्टार बनाइदियो। सलमानका १५ वटा फिल्मले सय करोडभन्दा बढीको व्यापार गरेका छन्। फिल्मको कमाइको आधारमा गणना गरिने स्टारपावरमा सलमान अहिले बलिउडका नम्बर एक हिरो हुन्। उनीपछि आमिर खान, अक्षय कुमार, अजय देवगन र शाहरुख खान छन्।
अविवाहित सलमान एैश्वर्या रायलगायतका पूर्व प्रेमिकाहरुसँगको सम्बन्ध र दुर्व्यवहारका खबरले चर्चामा आएका सलमान कालो हरिणको सिकार र फुटपाथमा सुतिरहेका मानिसहरुमाथि गाडी चढाएको मुद्दामा जेल समेत परेका थिए।उनका ‘राधे’, ‘किक २’ र ‘शेर खान’ आगामि फिल्म हुन्।
फेसबुक पेज Like गर्नुहोस