धादिङमा बस र दुईवटा माइक्रो ठोक्किँदा दुईको मृत्यु, ३० घाइते
खबर एक्सप्रेस
२०७६-०३-१५ ११:०० मा प्रकाशित
Total Shares: 901
धादिङ - धादिङको बेनिघाटमा एउटा बस र दुईवटा माइक्रोबस आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु।१ख ९०७९ बस र बा।३ख १००४ र ना।२ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।
दुर्घटना माइक्रोबसले बसलाई ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो । सो क्रममा एकातिरबाट गइरहेका बस र माइक्रोबस विपरीत दिशाबाट आइरहेको माइक्रोबससँग ठोक्किएका थिए ।
मृतकको सनाखत भइसकेको छैन भने घाइतेहरूको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस