‘मिस युनिभर्स २०१९’ को ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीलाई
एजेन्सी - एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकि छन् ।
एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले ९० भन्दा बढी प्रतियोगीलाई हराउँदै मिस युनिभर्स बनेकी हुन् ।
२६ वर्षीया जोजिबीनीले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा मिस युनिभर्सको ताज जितेकी हुन् ।
तुन्जीले आफ्नो समापन भाषणमा भनेकी थिइन्(‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’
सन् २०१८ की मिस युनिभर्स फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस